१९ कार्तिक २०८३, बुधबार | Wed Nov 4 2026

दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिटः विशेष र उच्च अदालतबाट प्रमाण मिसिल झिकाउन सर्वोच्चको आदेश

१८ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी दीपक भट्टको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै विशेष अदालत र उच्च अदालत पाटनबाट सम्बन्धित मुद्दाका प्रमाण मिसिल झिकाउन आदेश दिएको छ।

न्यायाधीशहरू शारङ्गा सुवेदी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले दीपक भट्टको हकमा उनका बुबा चतुर्भुज भट्टले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा बुधबार यस्तो आदेश जारी गरेको हो ।

उक्त रिटमा विशेष अदालत काठमाडौं समेतलाई विपक्षी बनाइएको छ । विशेष अदालत काठमाडौंमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाको सुरू प्रमाण मिसिल पेसीका दिन देखाई लैजाने गरी विशेष अदालत काठमाडौंबाट झिकाउन तथा वादी नेपाल सरकार र प्रतिवादी दीपक भट्ट समेत भएको बैंकिङ कसूर मुद्दाको प्रमाण मिसिल पेसीका दिन देखाई लैजाने गरी उच्च अदालत पाटनबाट झिकाउन आदेश जारी गरेको हो ।

प्रकाशित मिति : November 4, 2026 at 5:44 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/