नुवाकोटका धिरज खैरो हेरोइनसहित काठमाडौँबाट पक्राउ
८ मंसिर, काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिकाबाट प्रहरीले लागू औषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले तारकेश्वर नगरपालिका–५ स्थित लोलाङ धितालथोकबाट ९७ ग्राम ६७० मिलिग्रम खैरो हेरोइन बरामद गरेको हो ।
खैरो हेरोइन सहित प्रहरीले नुवाकोटको सूर्यगढी गाउँपालिका–२ घर भएर अहिले सोही स्थानमा बस्दै आएका २२ वर्षीय धिरज तामाङलाई पक्राउ गरेकाे हाे । मंसिर ७ गते दिउँसो सो क्षेत्रमा लागू औषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले तामाङलाई शङ्कास्पद अवस्थामा फेला पारेको थियो । उनको साथबाट बरामद गरिएको उक्त पदार्थ जाँच गर्ने क्रममा ९७ ग्राम ६७० मिलिग्राम खैरो हेरोइन फेला परेको हो । आरोपीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : November 24, 2026 at 10:45 am













