९ मंसिर २०८३, मंगलबार | Tue Nov 24 2026

गल्छीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

https://www.muktinathbank.com.np/online/loan-application

८ मंसिर, काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट गजुरी तर्फ जाँदै गरेको बा.४ ख ६०५९ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा.९८ प ३१३६ नम्बरको मोटरसाइकललाई गल्छी गाउँपालिका-७ गल्छीबजारमा आज बिहान ११ बजे ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट ढडेलधुराको अजयमेरु गाउँपालिका-४ का मोटरसाइकल चालक २८ वर्षीय बरुणप्रसाद भट्ट गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि बैरेनी अस्पताल पठाइएमा चिकित्सकले मृत घोषणा गरेको धादिङ प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनाको सम्बन्धमा टिपर र चालक जिल्ला मकवानपुर भीमफेदी गाउँपालिका–२ बस्ने अन्दाजी ३३ वर्षीय गोविन्द घलानलाई नियन्त्रणमा लिइ घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : November 24, 2026 at 1:44 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/