९ मंसिर २०८३, मंगलबार | Tue Nov 24 2026

आनि छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

https://www.muktinathbank.com.np/online/loan-application

८ मंसिर,  काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त आनि छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । राष्ट्रिय जेनजी नागरिक अभियानले उनको नियुक्ति गैरकानुनी तथा विधि र प्रक्रियाविपरीत भएको दाबी गर्दै रिट दर्ता गराएको हो ।

अभियानका तर्फबाट संयोजक सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीले संयुक्त रूपमा रिट निवेदन दर्ता गराएका हुन् । रिट निवेदनमा नागरिकतासम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा विधि र प्रक्रियाबाहिरबाट आनीलाई नियुक्त गरिएको जिकिरसहित खारेज गर्न माग गरिएको छ । उक्त रिटको पेशी भोलि (९ गतेलाई) तोकिएको छ ।

प्रकाशित मिति : November 24, 2026 at 12:17 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/