९ मंसिर २०८३, मंगलबार | Tue Nov 24 2026

सुनकोशी मरिन ठेक्का रद्द प्रक्रियाका सम्पूर्ण कागजात सात दिनभित्र बुझाउन लेखा समितिको निर्देशन

https://www.muktinathbank.com.np/online/loan-application

८ मंसिर, काठमाडौं । सार्वजनिक लेखा समितिले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्द प्रक्रियासँग सम्बन्धित सम्पूर्ण कागजात सात दिनभित्र बुझाउन निर्देशन दिएको छ। मंगलबार बसेको समितिको बैठकमा बोल्दै समिति सभापति भरत खड्काले सरकारलाई यस्तो निर्देशन दिएका हुन्।

उनले सम्पूर्ण कागजात सात दिनभित्र प्राप्त भएपछि थप अनुसन्धान गरी छलफल गरिने बताए। टेन्डरका सबै प्रक्रिया पूरा भइसकेको अवस्थामा अन्तिम समयमा सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरेको ठेक्का रद्द गरिएको र यो प्रक्रियासंगत रूपमा त्रुटिपूर्ण रहेको भनेर प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा उजुरी परेको छ ।

उजुरीमा सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरिएको ठेक्का प्रक्रियागत रूपमा त्रुटिपूर्ण ढङ्गले अन्तिम समयमा रद्द गरिएको दाबी गरिएको छ । साथै, ठेक्का रद्द गरेर अगाडि बढ्दा राज्यलाई नै घाटा हुने जिकिर उजुरीकर्ताले गरेका छन् ।

प्रकाशित मिति : November 24, 2026 at 11:23 am

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/