९ मंसिर २०८३, मंगलबार | Tue Nov 24 2026

सरकारले १० अर्बको ६ वर्षे विकास ऋणपत्र बिक्री गर्ने

https://www.muktinathbank.com.np/online/loan-application

८ मंसिर, काठमाडौं । सरकारले १० अर्ब रुपैयाँ बराबरको ६ वर्षे ‘विकास ऋणपत्र–२०८९’ बिक्री गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले मंगलबार एक सूचना जारी गर्दै ऋणपत्रको बोलकबोल सम्बन्धी जानकारी सार्वजनिक गरेको हो ।

कार्यालयका अनुसार ‘विकास ऋणपत्र–२०८९’ को बोलकबोल मङ्सिर ९ गते हुनेछ भने मङ्सिर १० गते निष्कासन गरिनेछ । उक्त ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकले लगानी गर्न सक्नेछन् ।

ऋणपत्र खरिद गर्न इच्छुक लगानीकर्ताले निर्धारित मितिमा बोलकबोल प्रक्रियामा सहभागी हुनुपर्ने कार्यालयले जनाएको छ । इच्छुक खरिदकर्ताले कार्यालयको अनलाइन प्रणालीको वेबसाइट https://doms.gov.np/csd/MainTree.do मार्फत बोलकबोल पेश गर्न सक्ने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : November 24, 2026 at 11:32 am

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/