आज यी कम्पनीको सेयर मूल्य सर्वाधिक घट्यो
८ असार, काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यस दिन नेप्से ३२.१६ अंकले घटेर २५९६.७४ को विन्दुमा बन्द भएकाे हो । आज नेप्सेमा कारोबार भएको ३१० कम्पनीको २ करोड १५ लाख ४७ हजार ५५ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १४ करोड ५८लाख ५८ हजार रुपैयाँको कारोबार भएको छ ।
यस दिन पियोर इनर्जी लिमिटेडको सेयरमा नकरात्मक सर्किट लाएको छ । त्यसैगरी, यस दिन यूनियन हाइड्रोपावरको ६.२४ प्रतिशत, रसुवारगढी हाइड्रोपावरको ५.४८ प्रतिशत, हिमालय उर्जा विकास कम्पनीको ५.३३ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रकाशित मिति : ८ असार २०८२, आईतवार १५:१३













