महालक्ष्मी विकास बैंकले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?
२० कात्तिक, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिको ६५७औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई ३.४० प्रतिशत बोनस सेयर र ३.७८ प्रतिशत नगद लाभांश करसहित गरी कुल ७.१८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हाे ।
बैंकको हाल कायम चुक्ता पुँजी ४ अर्ब ५१ करोड १२ लाख ८१ हजार ६५ रुपैयाँ ९० पैसा रहेको छ। यसका आधारमा बैंकले १५ करोड ६९ लाख १७ हजार ३९९ रुपैयाँ ४४ पैसा बराबरको बोनस सेयर वितरण गर्नेछ। त्यस्तै, १७ करोड ५ लाख २६ हजार ४२४ रुपैयाँ २९ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ।
यसरी बैंकले कुल ३२ करोड ७४ लाख ४३ हजार ८२३ रुपैयाँ ७३ पैसा बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि र बैंकको आगामी साधारण सभाबाट पारित भएपछि मात्रै सेयरधनीलाई वितरण गरिने छ ।
प्रकाशित मिति : November 6, 2026 at 5:05 pm










