नेप्सेमा झिनो अंकको सुधार, ३ अर्ब ४६ करोडको कारोबार
२० कात्तिक, काठमाडौं । नेप्से झिनाे अंकले बढेकाे छ । शुक्रबार नेप्से परिसूचक २.६४ अंकले बढेर २६५५.२२ विन्दुमा पुगेको छ। नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। यस दिन ३ अर्ब ४६ करोड २० लाख ५९ हजार रुपैयाँबराबरको १ करोड ७ लाख १३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। यस दिन १५८ कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने १०७ कम्पनीकाे मूल्य घटेकाे छ । यस दिन १४ कम्पनीकाे मूल्य स्थिर रहेकाे छ ।
यस दिन क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक १४.०८ प्रतिशतले बढेको छ। घोराही सिमेन्ट इण्डष्ट्रीको सेयरमूल्य यस दिन सर्वाधिक ४.४३ प्रतिशत घटेको छ। घोराही सिमेन्ट इण्डष्ट्रीको यस दिन सर्वाधिक काराेबार भएकाे छ । सो कम्पनीको यस दिन २१ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। १३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ।
प्रकाशित मिति : November 6, 2026 at 3:20 pm










