२१ कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

आशुतोष इनर्जीलाई आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति

२० कात्तिक, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आशुतोष इनर्जी लिमिटेडलाई सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न स्वीकृति प्रदान गरेको छ । बोर्डले कात्तिक २० गते कम्पनीलाई आईपीओ जारी गर्न औपचारिक स्वीकृति दिएको हो ।

धितोपत्र बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले अंकित मूल्य प्रति कित्ता १०० रुपैयाँ दरका १२ करोड रुपैयाँ बराबरको कुल १२ लाख कित्ता साधारण सेयर निष्कासन गर्नेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटल लिमिटेडले पाएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि सेयर जारी गर्नेछ । त्यसपछि दोस्रो चरणमा सामूहिक लगानी कोष, कम्पनीका कर्मचारी तथा बाँकी सेयर सर्वसाधारणका लागि खुला गरिनेछ ।

प्रकाशित मिति : November 6, 2026 at 11:12 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/