प्रि ओपन सेसनमा ३२.७० अंकले बढ्यो नेप्से
१२ जेठ, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार प्रि ओपन सेसनमा नेप्से सूचक ३२.७० अंकले बढेर २७१२.६९ को बिन्दुमा बन्द भएको छ ।
सो सेसनमा १ सय ३६ कम्पनीको १ लाख १६ हजार ४ सय ३४ कित्ता सेयर खरिदबिक्री हुँदा ४ करोड १० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १२७ कम्पनीको मूल्य बढेको छ भने ५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।
प्रकाशित मिति : 10:58









