२५ मंसिर २०८१, मंगलवार | Tue Dec 10 2024

नेप्सेमा ३ लाख ५० हजार कित्ता सेयर सूचीकृत

११ मंसिर, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समता घरेलु लघुवित्त वित्तीय संस्थाको एफपिओ सूचीकृत भएको छ । आज कम्पनीको ३ लाख ५० हजार ९०४.२५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । योसँगै कम्पनिको सेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

कम्पनीको एफपीओमा १४ लाख ४२ हजार ४ सय २० जनाको आवेदन परेको थियो । जसमा ३५ हजार ९० जनाले १०/१० कित्ताका दरले एफपिओ पाएका थिए ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलवार १६:२८