११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

नेशनल लघुवित्तको ४१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, कसले दिन पाउँछन् आवेदन ?

२९ जेठ, काठमाडाैँ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ। संस्थाले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको ४० हजार ९१४ कित्ता सेयर बिक्रीमा ल्याएको हो।

हाल कायम संस्थापक शेयरधनीले मात्रै सेयरमा खरिद आवेदन दिन पाउनेछन्। खरिद गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र निवेदन पेस गर्नुपर्नेछ। तोकिएको समयभित्र खरिद आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : June 11, 2024 at 9:00 am