१ असार २०८१, शनिबार | Sun Jun 16 2024

महिला लघुवित्तको १ लाख ९९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, कसले दिने आवेदन ?


९ जेठ, काठमाडाैँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीका नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ ।

सूचना जारी गर्दै संस्थाले १ लाख ९९ हजार ४७२ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमाफर्त बिक्रीमा राखेको जनाएको छ ।

उक्त सेयर खरिदका लागि जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले जेठ २३ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ९०० रुपैयाँ निर्धारण गरिएको छ । सेयर खरिदका लागि न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको ठमेलस्थित कार्यालयमा आईपुग्ने गरी बोलपत्र आवेदन पेस गर्नुपर्ने संस्थाले जनाएकाे छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार १३:०४