२३ बैशाख २०८१, आईतवार | Mon May 6 2024

साना किसान विकास लघुवित्तको सेयर बिक्रीमा, यस्तो छ न्यूनतम मूल्य


२१ चैत, काठमाडाैँ। साना किसान विकास लघुवित्त वित्तीय संस्थाको सेयर बिक्रीमा राखेकाे छ । कम्पनीले कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको २ लाख ११ हजार ४७६ कित्ता संस्थापक सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको हो ।

बिक्रीमा राखिएकाे सेयरकाे न्यूनतम मूल्य प्रतिकित्ता ३३० रुपैयाँ तोकिएको छ । साे सेयरमा साना किसान सहकारी संस्था र अन्य विद्यमान संस्थापकहरुले बोलपत्र पेश गर्न सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीले न्यूनतम १ हजार कित्ता र अधिकतम ४ हजार कित्ता सेयरका लागि वैशाख २५ गतेभित्र आवेदन दिन सकिनेछ । सेयरको बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल रहेको छ । लगानीकर्ताले बबरमहलमा रहेको क्यापिटललको कार्यालय र साना किसान विकास लघुवित्तको शाखा कार्यालय र विर्तामोड, इटहरी, बर्दिवास, हेटौडा, गजुरी, पोखरा, बुटवल, नेपालगञ्ज,विरेन्द्रनगर, बबरमहल, लहान र अत्तिरियामा आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार १७:५३