५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

नेरुडे मिर्मिरे लघुवित्तको सीईओमा भोजराज बस्याल नियुक्त


४ चैत, काठमाडाैँ । मर्जरपश्चात कायम भएको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा भोजराज बस्याल नियुक्त भएका छन् । चैत २ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले बस्याललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बस्याललाई फागुन ३० गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गर्ने निर्णय गरिएको संस्थाले जनाएको छ । साविकका नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तले गत फागुन ३० गतेदेखि एकीकृत कारोबार सुरु गरेका हुन् ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आईतवार १३:४०