१२ जेष्ठ २०८१, शनिबार | Sun May 26 2024

इन्फिनिटी लघुवित्तको ७५ हजार ५० कित्ता सेयर बिक्रीमा


२० फागुन, काठमाडौँ। इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ७५ हजार ५० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । बिक्रीमा राखिएको सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीहरुले गैँडाकोट नवलपरासीमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ। संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफुले लिन चाहेको सेयर संख्या र दर खुलाई आवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको समयअवधिभित्र उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने संस्थाले जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आईतवार ०९:५४