५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

सूर्योदय वोमी लघुवित्तको ६ हजार बढी कित्ता सेयर बिक्रीमा


१८ फागुन, काठमाडौँ। सूर्योदय वोमी लघुवित्तले संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले ६ हजार २०६ कित्ता सेयर बिक्रीमा राखेको हो । बिक्रीमा राखिएको सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीहरुले ललितपुरमा रहेको संस्थाको कर्पोरेट कार्यालय वा सेयर रजिष्ट्रार कुमारी क्यापिटलमा ५ दिनभित्र आवेदन पेस गर्न सक्नेछन् ।

साथै, तोकिएको समयभित्र सो सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार ११:५८