१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

सरकारले जनअपेक्षाअनुसार काम गर्छ: अध्यक्ष प्रचण्ड

१ मंसिर, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले चाँडै जनअपेक्षाअनुसार काम गर्ने बताएका छन् । शनिवारदेखि शुरू भएको प्रथम ‘प्रकाश स्मृति फुटबल’ प्रतियोगिताको उद्घाटन गर्न दोलखा पुगेका अध्यक्ष दाहालले सदरमुकाम चरिकोटमा कार्यकर्ता भेटघाटका क्रममा सरकारले राजनीतिक रुपमा पूर्वाधार बनाउने काम गरेकाले जनअपेक्षाअनुसार काम हुनेमा ढुक्क हुन आग्रह गरे ।

पार्टी एकताको प्रसङ्गमा उनले एकीकरण पछिका सबै कमिटीले पूर्णता पाउने बताए । नेताको व्यस्तताका कारण तल्ला कमिटी निर्माणमा ढिलाइ भएपनि विवाद नरहेको उनले प्रष्ट पारे । पार्टी एकतापछि सातै प्रदेशमा जनसभा गरिने समेत नेता दाहालले बताए ।

प्रकाशित मिति : November 17, 2018 at 5:44 pm