२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

पुर्वराजा फकाउँदै कांग्रेस, प्रकाशमानले ज्ञानेन्द्र भेट्नुकाे यस्ताे छ कारण

२८ कात्तिक, काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र पूर्व राजा ज्ञानेन्द्र शाहविच आइतवार साँझ राजधानीमा भेटवार्ता भएको छ । राजधानीको सोल्टी होटलमा भएको भेटवार्ताको फोटो अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

 

सामाजिक सञ्जालमा कतिपयले यसलाई राजसंस्था फर्काउने चाल भनेर टिप्पणी समेत गरेका छन् ।  पूर्व राजा शाह र नेता सिंह एउटा ‘गुन्यु–चोली’ कार्यक्रमको निम्ता मान्न आइतबार साँझ राजधानीको सोल्टी होटलमा पुगेका बेला भेट भएको बताइएको छ । आ–आफ्नै आन्तरिक र पारिवारिक कामको सिलसिलामा होटल पुगेका दुबै जनाबीच केहीबेर कुराकानी पनि भएको थियो । कुनै कार्यक्रममा ज्ञानेन्द्रले नेता भेटेको भने यो पहिलो पटक हो । यद्यपी के विषयमा कुराकानी भयो भनेर दुवै पक्षले खुलाएका भने छैनन् ।

कांग्रेसका निर्वाचित महामन्त्री शशांक कोइराला, रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाश मान सिंह, सुजाता कोइराला, अर्जुन नरसिंह केसी, डा. रामशरण महतहरुको राजनीतिक छलफल भएको अघिल्लो दिन कात्तिक २५ गते पूर्व राजा शाह र प्रकाशमान सिंहबीच भेटघाट भएपछि राजनीतिक बृत्त भने तातेको छ। महामन्त्री शंशाक कोइरालाले हिन्दु राष्ट्र माग गरिरहेका बेला भएको भेटले आशंका भने उब्जाएको कतिपयको विश्लेषण रहेको छ ।

प्रकाशित मिति : 14:00