१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

प्रदेश मन्त्रीबाट हटाइएका सोडारी साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशित 

२७ कात्तिक, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रीबाट हटाइएका दीर्घ बहादुर सोडारीलाई सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासित गरेको छ ।

मंगलबार बिहान मन्त्रीबाट बर्खास्त भएका सोडारीलाई २४ घन्टा पनि बित्न नपाउँदै नेकपा सुदूरपश्चिम प्रदेश कमिटिले पार्टीबाट निष्कासन गरेको हो।

नेकपाका सुदूरपश्चिम कमिटी अध्यक्ष कर्णबहादुर थापाकाे अध्यक्षतामा बसेकाे बैंककले पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेकाे बताइएको छ। पदमा रहँदा आचरण विपरित काम गरेको भन्दै नेकपाले सोडारीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको थियो ।

सोडारी गतवर्ष सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नम्बर ४ को (क)बाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति : November 13, 2018 at 9:29 pm