१३ मंसिर २०८१, बिहीबार | Fri Nov 29 2024

सुदूरपश्चिम प्रदेशका नवनियुक्त सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले लिए सपथ

२७ कात्तिक, धनगढी । सुदूरपश्चिम प्रदेशको नवनियुक्त सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले सपथ लिएका छन् । सुवेदीलाई मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशप्रमुखको कार्यालयमा सपथ गराएका हुन् । मुख्यमन्त्री भट्टले अाजै सामाजिक विकास मन्त्री दीर्घ सोडारीलाई पदबाट हटाई सुवेदीलाई मन्त्री नियुक्त गरेका हुन् ।


तत्कालीन एमालेका कैलाली जिल्ला सचिवालय सदस्य सुवेदी कैलाली क्षेत्र नम्बर ४ ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । बर्खास्तीमा परेका सोडारी सोही क्षेत्रको क बाट निर्वाचित भएका हुन् ।

 

प्रकाशित मिति : २७ कार्तिक २०७५, मंगलवार १६:३२