७ असार २०८३, आइतबार | Sun Jun 21 2026

साधना लघुवित्त र सबैको लघुवित्त आपसमा मर्ज हुने

१७ भदाै, काठमाडाैं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र सबैको लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज हुने भएका छन्। यी दुई लघुवित्तले भदौ १५ गते, शुक्रबार एक आपसमा गाभ्ने गाभिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

मर्जरपछि बन्ने लघुवित्त वित्तीय संस्थाको नाम ‘सबैको साधना लघुवित्त वित्तीय संस्था लिमिटेड’ रहने सहमति भएको छ। मर्जर सम्झौतापश्चात यी दुई लघुवित्तका आधारभुत सेयरधनीहरुको सेयर कारोबार रोक्का रहने भएको छ।

सम्झौतापत्रमा साधना लघुवित्तका तर्फबाट अध्यक्ष कृष्णबहादुर थापा र सबैको लघुवित्तका तर्फबाट अध्यक्ष नारायणप्रसाद जोशीले हस्ताक्षर गरेका छन्। साधना लघुवित्तको रजिष्टर्ड कार्यालय गोरखा नगरपालिका–६ हरमटारी, गोरखामा रहेको छ भने सबैको लघुवित्तको रजिष्टर्ड कार्यालय तनहु जिल्ला, बन्दीपुर गाउँपालिका–१ डुम्रेमा रहेको छ ।

प्रकाशित मिति : September 3, 2023 at 11:30 am