१६ कार्तिक २०८३, आइतबार | Sun Nov 1 2026

पहिलो त्रैमासमा वाणिज्य बैंकको नाफा १९ अर्ब नाघ्योः नबिल अगाडि, अन्य कुनको कति ?

१५ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २० वाणिज्य बैंकले कुल १९ अर्ब ११ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। जुन गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिको १३ अर्ब १४ करोड ९८ लाखकाे तुलनामा ४५.४६ प्रतिशतले बढी हाे ।

याे अवधिमा  नबिल बैंकले सबैभन्दा बढी नाफा कमाएकाे छ । याे अवधिमा बैंकले  २ अर्ब ५५ करोड रुपैयाँ नाफा कमाएको छ। त्यस्तै, ग्लोबल आइएमई बैंकले २ अर्ब ३१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ६४ करोड, एभरेष्ट बैंकले १ अर्ब २५ करोड, प्राइम कमर्सियल र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले समान १ अर्ब १८ करोड रुपैयाँ नाफा कमाएका छन्।

 

एनएमबि बैंकले १ अर्ब १६ करोड, कृषि विकास बैंकले १ अर्ब ९ करोड, कुमारी बैंकले १ अर्ब ७ करोड र सानिमा बैंकले १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। यसैगरी, गत वर्षको पहिलो त्रैमासमा २२ करोड रुपैयाँ घाटामा रहेको सिटिजन्स बैंक यस वर्ष १० करोड रुपैयाँ नाफामा फर्किएको छ।

प्रकाशित मिति : November 1, 2026 at 12:05 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/