१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026
http://kk5.io/NADA2026

दुई लघुवित्त कम्पनी सेयर कारोबार रोक्का गर्दै नेप्से

२७ असार, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का हुने भएको छ । यी दुई कम्पनीले असार ३० गतेदेखि एकीकृत कारोबार गर्ने भएसँगै लघुवित्तको सेयर कारोबार रोक्का हुने भएको हो ।

संस्थाहरु एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धि निर्देशिका बमोजिम एकीकृत कारोबारपश्चात लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुन दर्ता, धितोपत्रको अभौतिकरण तथा सूचीकरण प्रयोजनार्थ असार ३० गतेदेखि लागु हुने गरी सेयर कारोबार रोक्का राखिदिन यी दुई लघुवित्त कम्पनीले नेप्सेसमक्ष आग्रह गरेका छन्। कम्पनीकाे आग्रहसँगै अब नेप्सेले कम्पनीकाे सेयर काराेबार राेक्का गर्नेछ । यी दुई कम्पनीले नेशनल लघुवित्त वित्तीय संस्थाको नामबा एकीकृत कारोबार सुरु गर्ने भएको हो ।

प्रकाशित मिति : July 12, 2023 at 2:26 pm