१८ कार्तिक २०८३, मंगलबार | Tue Nov 3 2026

गगन थापासहित कांग्रेस नेताको नाम लिइएको इनमको वयानको अडियो सार्वजनिक

१७ कात्तिक, काठमाडाैँ ।  नेपाली कांग्रेसका सभापति गगनकुमार थापासहितका नेताहरूको नाम लिएको इनम सापकोटाको वयानको अडियो सार्वजनिक भएको छ । प्रहरीले वयानका क्रममा रेकर्ड गरेको अडियो बाहिर सार्वजनिक भएको हो ।

इनमले उक्त वयानमा कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा, उमेश श्रेष्ठ, बालकृष्ण खाँड, दीपक खड्का लगायतको पनि नाम लिएका छन । उनले उक्त अडियोमा चोलेन्द्रशम्शेर जबराले कांग्रेसको मुद्दा मिलाइदिन भूमिका खोलेको भनेर आफूलाइ भनेको भन्ने दाबी गरेका छन ।

बयानमा उनले आइप्लेक्स मलको विवाद मिलाउन करोडौँ लेनदेन भएको पनि उल्लेख गरेका छन् । चोलेन्द्र र उनका भाइ प्रभु शमशेरमार्फत् रकम आएको उनको दाबी छ । उनले ६२ नम्बर ब्रोकरका मालिकले सेयर किन्न भनेपछि सेयर किन्न लागेको बनायन दिएका छन् । ”उमेश सरले एउटा ग्रुप बनाउनु भएको छ । त्यसका अतितलाल श्रेष्ठ (ब्रोकर नम्बर ६२) छ । उहाँ सेयरको खेलाडी हो । उहाँले सेयर किनौ भनेको छ । सबैले उहाँ मार्फत सेयर किनेको छ” उनले भने ” ४,५ दिन भयो सेयर किनेको छ । मैले पनि किनेको हो । यो पैसा मेरै हो । सिटिजन्समा खाता खोलेको छ । ४ करोड लोन लिने, उहाँहरुको १ करोड तिरेर ३ करोडको बिजनेश गर्ने योजना रहेको छ ।”

प्रकाशित मिति : November 3, 2026 at 7:36 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/