८ मंसिर २०८३, सोमबार | Mon Nov 23 2026

यी हुन् नेपाल र भारतबीच भएका ८ समझदारी

https://www.muktinathbank.com.np/online/loan-application

७ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण क्रममा नेपाल र भारतबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्र आदानप्रदान भएको छ।

सोमबार नयाँदिल्लीमा दुई देशबीच अन्तरिक्ष प्रविधि, निजामती कर्मचारीको क्षमता विकास, स्वास्थ्य, सहरी विकास, आयुर्वेद, पशुपालन, अपराध अनुसन्धान र प्रहरी प्रशिक्षणका क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्र आदानप्रदान भएका हुन्।

सम्झौताअनुसार, गुजरातको गान्धीनगरस्थित नेसनल फरेन्सिक साइन्स युनिभर्सिटी र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच फरेन्सिक विज्ञानको अध्ययन तथा अनुसन्धानमा सहकार्य हुनेछ।

त्यस्तै, भारतको नेसनल डिफेन्स युनिभर्सिटी र नेपालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबीच प्रहरी तालिममा सहकार्य गर्ने समझदारी भएको छ। भारतको सुशासन केन्द्र र नेपालको प्रशासनिक स्टाफ कलेजले नेपाली सरकारी अधिकारीलाई तालिम तथा प्रशिक्षण दिनेछन्।

आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा पद्धतिको विकासमा पनि दुवै देशले सहकार्य गर्ने भएका छन्। स्याटेलाइट सञ्चारतर्फ भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइटको उपयोगका लागि स्याटेलाइट सञ्चार सञ्जाल निर्माण गर्ने समझदारी भएको छ।

यसैगरी, दिगो शहरी विकासमा प्राविधिक सहयोग, स्वास्थ्य सेवा तथा चिकित्सा क्षेत्रमा सहकार्य र पशुपालन तथा मत्स्यपालन क्षेत्रको विकासका लागि पनि दुवै देशबीच समझदारी भएको छ।

प्रकाशित मिति : November 23, 2026 at 2:51 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/