बालेनमा क्लियर भिजन र कमिटमेन्ट महसुस गरेको छुः भारतीय प्रधानमन्त्री मोदी
७ मंसिर, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बाट आफूले देश विकासमा क्लियर भिजन महसुस गरेको बताएका छन् । प्रधानमन्त्री शाहसँगको द्विपक्षीय भेटवार्तापछि नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा सोमबार आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले यस्तो बताएका हुन् ।
उनले भनेका छन, ‘नेपालको भविष्य र भारत नेपाल सम्बन्धको लागि उनको क्लियर भिजन र कमिटमेन्टको महसुस गरेको छु।’ उनले गत सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको महासभामा सबैभन्दा युवा प्रधानमन्त्रीका रूपमा शाहले गरेको सम्बोधनको स्मरण गर्दै त्यतिबेला नै उनको दूरदर्शिता देखेको उल्लेख गरे।
‘बालेनले सबैभन्दा युवा प्रधानमन्त्रीका रूपमा संयुक्त राष्ट्र संघमा सम्बोधन गर्नुभएको थियो, त्यतिबेला नै मैले उहाँको दूरदर्शिता देखेको थिएँ,’ पत्रकार सम्मेलनमा मोदीले भने ।
प्रकाशित मिति : November 23, 2026 at 2:18 pm













