यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ७ निर्णयहरू
४ मंसिर, काठमाडौं । मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य ७ वटा निर्णयहरू सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले सार्वजनिक गरेका हुन् । बैठकले भोबैठकले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट र्यापिड क्रेडिट फ्यासिलिटी अन्तर्गत प्राप्त हुने करिब १०७ मिलियन डलर बराबर निर्ब्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरूः
– २०८३ मङ्सिर ६ र ७ गते प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने र उक्त भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने।
– नेपालभर नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक र सामुदायिक जग्गा नापजाँच गरी लगत तयार गर्नका लागि आदेश जारी गर्ने।
– राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना २०२६–२०३० स्वीकृत गर्ने।
– ऐतिहासिक, पुरातात्त्विक र सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी नम्र्स २०८३ स्वीकृत गर्ने।
– राष्ट्रिय झोलुङ्गे पुल नीति २०८३ स्वीकृत गर्ने।
प्रकाशित मिति : November 20, 2026 at 1:00 pm













