नेपाल पुनर्बिमाको हकप्रदमा सरकारी लगानीको बाटो खुल्यो
१७ कात्तिक, काठमाडौं । नेपाल सरकारले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा थप हकप्रद सेयर लगानी गर्ने बाटो खुला गरेको छ । सरकारले कम्पनीमा आफ्नो हिस्साको हकप्रद सेयर खरिद गर्न सहमति दिएसँगै लामो समयदेखि अन्योलमा रहेको कम्पनीको पूँजी वृद्धि प्रक्रिया अघि बढ्ने सम्भावना बढेको छ ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले नेपाल पुनर्बिमा कम्पनी लिमिटेडको हकप्रद सेयरमा थप लगानी गर्न सहमति दिने निर्णयसँगै कम्पनीको पुँजी वृद्धिमा सरकारको सहभागिताका लागि नीतिगत बाटो खुलेको छ। नेपाल रिले चुक्ता पुँजी बढाउन शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय २०८२ साउनमा गरेको थियो । कम्पनीले २६ अर्ब रुपैयाँभन्दा बढी चुक्ता पूँजी कायम गर्नुपर्ने व्यवस्थापनको सुझाव समेत ध्यानमा राखेर शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको थियो । हाल कम्पनीको चुक्ता पूँजी १३ अर्ब ४२ करोड २१ लाख ८७ हजार रुपैयाँ छ । सोही रकम बराबर हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको थियो ।
नेपाल पुनर्बीमा कम्पनीमा नेपाल सरकारको ४४.४ प्रतिशत लगानी छ । सर्वसाधारण लगानीकर्ताको १६ प्रतिशत सेयर स्वामित्व छ । बाँकी स्वामित्व बीमा कम्पनीसहितका संस्थागत लगानीकर्तासँग छ।
प्रकाशित मिति : November 3, 2026 at 6:01 pm










