२६ आश्विन २०८३, सोमबार | Tue Oct 13 2026

विजय र नयाँ सारथी लघुवित्तले राष्ट्र बैंकबाट पाए मर्जरको अन्तिम स्वीकृति

१७ असार, काठमाडाैं । विजय लघुवित्त र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाबीचको मर्जरलाई नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ।

केन्द्रीय बैंकले असार १५ गते पत्र पठाउँदै यी दुवै लघुवित्तको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको हो। यी कम्पनीले विजय लघुवित्तको नामबाट एकिकृत कारोबार सुरु गर्दै छन् ।

यी दुवै लघुवित्तबीच गत मंसिर २६ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो। राष्ट्र बैंकले गत चैत २ गते यी दुवै लघुवित्तको मर्जरलाई सैद्धान्तिक सहमति प्रदान गरेको थियो। दुवै लघुवित्तको वार्षिक साधारणसभाबाट मर्जर प्रक्रिया स्वीकृति भएपछि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।

नयाँ सारथी लघुवित्तको केन्द्रिय कार्यालय काभ्रेको धुलिखेलमा रहेको छ भने विजय लघुवित्तको केन्द्रिय कार्यालय नवलपरासीको गैडाकोटमा रहेको छ । मर्जरपछि बन्ने विजय लघुवित्तको केन्द्रीय कार्यलय धुलिखेलमा रहने छ । यी दुवै लघुवित्त बराबरी हैसियत अर्थात १ः१ सेयर स्वाप रेसियोमा मर्जर हुँदैछन्।

प्रकाशित मिति : July 2, 2023 at 10:44 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/