१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सूर्योदय वोमी लघुवित्तको १ लाख ६९ हजार कित्ता सेयर बिक्रीमा, क-कसले दिन पाउछन् आवेदन ?

१७ असार, काठमाडाैं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले केही सेयर बिक्रीमा ल्याएकाे छ । कम्पनीले विभिन्न संस्थापक सेयरधनीकाे नाममा रहेकाे १ लाख ६९ हजार ५९५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएकाे हाे ।

उक्त सेयरकाे मूल्य बिक्रीकर्ता संस्थापक सेयरधनीहरुले तोकेबमोजिम हुने कम्पनीले जनाएकाे छ । उक्त संस्थापक सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुका साथै अन्य व्यक्ति तथा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्।

इच्छुक लगानीकर्ताले ३५ दिनभित्र ललितपुरको इमाडोलस्थित संस्थाको कर्पोरेट कार्यालय र नक्सालस्थित सेयर रजिस्ट्रार कुमारी क्यापिटलमा  खरिद आवेदन  दिन सक्नेछन् ।

प्रकाशित मिति : १७ असार २०८०, आईतवार १०:१९