७ असार २०८३, आइतबार | Sun Jun 21 2026

असार २४ देखि एकीकृत कारोबार सुरु गर्दै साना किसान र आरएमडीसी लघुवित्त

९ असार, काठमाडाैं । साना किसान र आरएमडीसी लघुवित्तको एकीकृत कारोबार असार २४ गतेदेखि सुरु हुने भएको छ।  दुवै कम्पनीले मर्जर प्रक्रिया पूरा गरी असार २४ देखि एकीकृत कारोबार गर्ने भएका हुन्।

यी दुई कम्पनी मर्ज भएसँगै साना किसान विकास लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुनेछ । दुबै कम्पनीबीच गत भदौ ३१ गते मर्जरसम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । नेपाल राष्ट्र बैंकले जेठ २४ गते र नेपाल धितोपत्र बोर्डबाट असार ४ गते दुवै कम्पनीले मर्जरका लागि अन्तिम स्वीकृति प्राप्त गरिसकेका छन् । यी दुई लघुवित्त १००ः८७ सेयर स्वाप अनुपातमा मर्जरमा गएका हुन्।

प्रकाशित मिति : June 24, 2023 at 3:32 pm