१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

छुट्ला है ! एक लघुवित्त कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२२ जेठ, काठमाडाैं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज जेठ २२ गते साेमबार अन्तिम दिन रहेको छ।लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भोलि जेठ २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आजसम्म कायम सेयरधनीहरुले मात्रै कम्पनीकाे लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।

कम्पनीकाे चौथो वार्षिक साधारणसभा असार ४ गते रुपन्देहीको तिलोत्तमा नपा–१ ड्राइभरटोलस्थित द एसआर होटेलमा बिहान ९ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्तावित १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश पारित गर्नेछ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार १०:५०