५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

२७ भदाै, काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रूपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन र ९१ दिन अवधिको ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने उक्त ट्रेजरी बिलका लागि आज (सोमबार) दिउँसो ३ बजे बोलकबोल हुनेछ । राष्ट्र बैंकले २८ दिन अवधिको ५ अर्ब रूपैयाँको ट्रेजरी बिल असोज २५ मा परिपक्व हुनेछ । यस्तै, ५ अर्ब रूपैयाँकै ९१ दिन अवधिको बिल मंसिर २७ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ ।

सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार १३:२३