१३ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026

काठमाडौंविरुद्ध जनकपुरले पायो ११६ रनको लक्ष्य

१२ कात्तिक, काठमाडौं । काठमान्डु गोर्खाज तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध ११५ रनमा समेटिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको काठमान्डु १९ ओभर ३ बलमा ११५ रनमा अलआउट भयो ।

काठमान्डुलाई सस्तोमै समेट्न बलिङमा जनकपुरका आइकोनिक प्लेयर राहुल यादवले उत्कृष्ट प्रदर्शन गरे । राहुलले ४ ओभरमा ३१ रन खर्चिएर महत्वपूर्ण ४ विकेट लिए । यस्तै, सैफ हसनले दुई तथा हरमीत सिंह, मोइन अली र ललित राजवंशीले एक–एक विकेट लिए ।

ब्याटिङमा काठमान्डुका लागि  भीम सार्कीले ३३, राशिद खानले १७, स्मित पटेलले १३ तथा सुमित महर्जनले १० रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

प्रकाशित मिति : October 29, 2026 at 2:35 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/