३ मंसिर २०८३, बुधबार | Wed Nov 18 2026

काठमाडौंविरूद्ध चितवनले जित्यो टस

https://www.muktinathbank.com.np/online/loan-application

२ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफअन्तर्गत आज एलिमिनेटरको खेलमा चितवन राइनोज र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। खेलमा चितवनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। चितवनको कप्तानी रवि बोपाराले गर्दैछन् भने काठमान्डुको नेतृत्व कप्तान करण केसीले नै गर्दैछन्।

आजको खेलमा चितवनले दुई परिवर्तन गरेको छ । सिकन्दर राजा र डान मोस्लीको स्थानमा रवि बोपारा र डाविड मलान टोलीमा आएका छन् । काठमान्डुले पनि दुई परिवर्तन गरेको छ । सुमीत महर्जन र स्मित पटेलको स्थानमा साहिल पटेल र साम हिजलेट आएका छन् ।

आजको खेल जित्ने टोलीले फाइनल प्रवेशका लागि भोलि हुने दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ। पराजित हुने टोलीको भने प्रतियोगितामा यात्रा समाप्त हुनेछ।

प्रकाशित मिति : November 18, 2026 at 4:59 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/