ग्लोबल आइएमई बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा
१२ कात्तिक, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ । बैंकका केही सस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको केही सेयर बिक्रीका लागि निवेदन पेश गरेअनुसार यसअघि विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी सेयर बिक्री ल्याएको थियो । बैंकले तोकेको अवधिभित्र सेयर खरिदका लागि संस्थापक सेयरधनीहरूबाट आवेदन नआएपछि सो सेयर अन्य व्यक्ति वा संस्थाका लागि खुला गरेको हो ।
बैंकले सेयर संख्या र सोको मूल्यबारे जानकारी खुलाएको छैन। सेयर खरिद गर्न इच्छुक सर्वसाधारणले आगामी ३५ दिन भित्र काठमाडौंको कमलादीस्थित बैंकको रजिष्टर्ड कार्यालयमा सम्पर्क गरी निवेदन दिन सक्नेछन्।
प्रकाशित मिति : October 29, 2026 at 11:47 am










