१३ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026

मोइन अलीको अर्धशतकमा जनकपुरले काठमाडौंलाई ८ विकेटले हरायो

१२ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई आठ विकेटले पराजित गरेको छ।  कीर्तिपुरस्थित क्रिकेट मैदानमा काठमाडौंले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्यो । जनकपुरका लागि ओपनिङ ब्याटर मोइन अलीले अर्धशतक पूरा गरे । उनी ५१ ब्लमा ५८ रनमा अविजित रहे । यस्तै, सैफ हसनले अविजित ४० रनको योगदान दिए ।

बलिङतर्फ काठमान्डुका लागि एक मात्र विकेट रिपोन मन्डोलले लिए । त्यसअघि टस जितेर ब्याटिङ थालेको काठमान्डु १९.३ ओभरमा ११५ रनमै अलआउट भयो ।काठमाण्डुका लागि भीम सार्कीले ३३, राशिद खानले १७, स्मित पटेलले १३ तथा सुमित महर्जनले १० रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

प्रकाशित मिति : October 29, 2026 at 3:47 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/