२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

एमाले प्रवेश गरेको पाँच महिनापछि करिस्माले पाइन जिम्मेबारी

१७ भदाै, काठमाडाैँ । पछिल्लो समय नेकपा (एमाले) प्रवेश गरेर पनि पार्टीको जिम्मेवारीमा नरहेकी नायिका करिस्मा मानन्धर ‘सूर्यकुमारी’ संस्कृति विभागको सदस्यमा मनोनित भएकी छिन । नेकपा एमालेको अपानी ५ जारी गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले यसको जानकारी दिएका छन ।

करिस्मा स्थानीय चुनाव अघि एमाले प्रवेश गरेकी थिइन । उनी चैत्र ८ गते काठमाडाैँको कार्की बैंकेटमा भएको पार्टी प्रवेश कार्यक्रमबाट एमालेमा प्रवेश गरेकी थिइन । एमालेका केही सभामा उनले भाषण पनि गरेकी थिइन । उनको कपिलवस्तुको भाषण सबैभन्दा चर्चित रह्यो । उक्त भाषणले करिस्माको बाल्यकालको नाम सबैले थाहा पाएका थिए ।

करिस्माले आफ्नो बाल्यकालको नाम सूर्यकुमारी रहेको बताएकी थिइन । त्यसपछिका कार्यक्रममा हरूले उनी अफैँ र अरूले पनि उनला सूर्यकुमारीले पनि सम्बोधन गरेका थिए । करिष्मा मंसिर ४ को चुनावमा एमालेको उम्मेदवारको रूपमा सहभागी हुने सम्भावना रहेको छ ।

केपी ओलीको नजिक बसेर विचार सुन्दा आनन्द आयोः करिष्मा मानन्धर

एमालेमा प्रवेश गर्दै करिष्माले भनिन्- ओलीकाे भाषण सुनेर थाक्दिनँ (भिडियो)

ओलीले करिष्मालाई एमालेमा स्वागत गर्दा उषाकिरणलाई तनाव, ओकलिन असन्तुष्टि

करिष्मा मानन्धरलाई आएको केपी ओलीको त्यो फोन

प्रकाशित मिति : 16:57