१३ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026

तीन महिनामा १६ अर्ब २३ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत

१२ कात्तिक, काठमाडौं ।  चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालमा १६ अर्ब २३ करोड रुपैयाँभन्दा बढीको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागको तथ्यांकअनुसार साउनदेखि असोजसम्म कुल ४ सय २२ उद्योग दर्ता भएका छन् । विभागका अनुसार कुल स्वीकृत परियोजनामध्ये ४१० वटा स्वचालित मार्ग (अटोमेटिक रुट) र १२ वटा नियमित स्वीकृति प्रक्रियामार्फत अघि बढेका छन् ।

असोजमा मात्र ५ अर्ब १० करोड बराबर एफडीआई स्वीकृत भएको छ । यस महिना कुल ९४ उद्योग दर्ता भएका छन् । जसमध्ये ८८ उद्योग अटोमेटिक रुटबाट दर्ता हुन आएको देखिन्छ ।

असोजसम्म दर्ता भएका उद्योगमध्ये अधिकांश साना प्रकृतिका छन् । साना उद्योग ४ सय १७, मझौला २ र ठूला ३ मात्र दर्ता भएको विभागले जनाएको छ ।

यस वर्ष कुल २ सय ५२ उद्योग सूचना प्रविधिमूलक उद्योग दर्ता भएका छन् । त्यस्तै पर्यटनमूलक उद्योग १ सय ८, सेवामूलक ३३, उत्पादनमूलक २५ र ऊर्जा तथा कृषिमा २र २ उद्योग दर्ता भएको विभागले जनाएको छ ।

प्रकाशित मिति : October 29, 2026 at 5:59 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/