२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

ओलीले करिष्मालाई एमालेमा स्वागत गर्दा उषाकिरणलाई तनाव, ओकलिन असन्तुष्टि

८ चैत, काठमाडौँ । अभिनेत्री करिष्मा मानन्धनर नेकपा एमाले प्रवेश गर्दा एमालेकै महिला केन्द्रीय सदस्यलाई तनाव भएको देखिएको छ । नुवाकोट भूगोल भएकी एमाले केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनाले करिष्मा जस्ता मान्छेलाई एमालेमा स्वागत गरिनु गलत भएको बताएकी छिन ।

उनले हिजोको दिनमा भएका यस्तै प्रकारका स्वागत पनि गलत भएको बताएकी छिन । तिमल्सिनाले राजनीतिक मान्छेहरूलाई कत्लेआमा गरेर गैर राजनीतिक मान्छेहरूलाई पार्टीमा स्वागत गरिनु गलत रहेको तर्क गरेकी छिन ।  सामाजिक सञ्जालबाटै असन्तुष्टि व्यक्त गर्दै उनले भनेकी छिन, ‘गैर-राजनीतिक पृष्ठभूमिका मान्छेहरुलाइ स्वागत गरिनु र राजनीतिक मान्छेहरुलाई कत्लेयाम गरिनु हिजो, आज र भोलि पनि गलत हो ।’

विगतमा कलाकारिताको पृष्ठभूमिबाट आएकी कोमल वलीले राष्ट्रियसभा सदस्यको भूमिका नै निर्वाह गरिसकेकी छिन । सेलीब्रेटीहरू पार्टीमा प्रवेश गर्ने र पहिल्यैदेखि क्रियाशिलहरूलाई पछि पारेर राजनीतिक जिम्मेवारीमा जाने भएकाले तिमल्सिनाले आपत्ति जनाएको हुनसक्छ । पार्टी भित्र विद्रोही नेतृको छवी बनाएकी तिमल्सिना पछिल्लो समय स्थायी कमिटी सदस्य डा विन्दा पाण्डेसँग निकट देखिएकी छिन । प्रायः कार्यक्रमहरूमा पाण्डे र तिमल्सिनासँगै देखिने गरेका छन ।

प्रकाशित मिति : 15:29