५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

शुक्रबार झिनो अंकले घट्यो सेयर बजार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार पनि सेयर बजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) शुक्रबार १.६७ अकंले घटेर १९७०.६२ बिन्दुमा बन्द भएको छ ।

यस दिन २१९ कम्पनीको १८ लाख १ हजार २७३ कित्ता सेयर किनबेच हुदाँ ६९ करोड ८८ लाख ५ हजार ९५० रुपैयाँको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ७३ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ९७ वटा कम्पनीको घटेको छ । यस्तै १७ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । शुक्रबार नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । टेलिकमको १० करोड ४ लाख ९८ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।

आज सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । संस्थाको सेयरमूल्य ९।८० प्रतिशतले बढेर एक हजार ४ सय रूपैयाँ पुगेको छ । नेप्सेका अनुसार आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को सेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार १४:३७