३ पुष २०८२, बिहीबार | Fri Dec 19 2025

राधी विद्युत कम्पनीले असोज ५ गतेदेखि हकप्रद निष्काशन गर्ने

१६ भदाै, काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले असोज ५ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः१.४७५२ को अनुपातमा १ सय रूपैयाँ अंकित दरमा १०० प्रतिशतले हुन आउने ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७६०.९९ कित्ता कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

हकप्रद निष्काशनका लागि कम्पनीले भदौ १२ गते बुकक्लोज गरेको थियो। यसअनुसार भदौ १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। हकप्रदमा मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकको विभिन्न शाखा कार्यालय साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरो सेयर सफ्टवेयर मार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रदमा असोज २५ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पुरा गर्न मध्यम जोखिममा रहेको संकेत गर्दछ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार १०:५९