६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

नेप्सेमा १२ लाख १६ हजार कित्ता शेयर सूचीकृत

२८ जेठ, काठमाडाैं । नेप्सेमा सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर सूचीकृत भएको छ । लघुवित्तको १२ लाख १६ हजार ४१८ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरेको ३ लाख ९५ हजार ३३६ कित्ता र संस्थापकहरुले लगानी गरेको ८ लाख २१ हजार ८२ कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तको शेयरलाई नेप्सेले न्यूनतम ३४४ रुपैयाँ ३६ पैसादेखि १०३३ रुपैयाँ ८ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । त्यस अनुसार अर्को साता लघुवित्तको शेयर कारोबारमा आउनेछ । लघुवित्तको शेयरलाई नेप्से सिवाईसीएल कारोबार संकेत प्रदान गरेको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार १०:१४