प्रि ओपन सेसनमा २ अंकले घट्यो नेप्से
१३ कात्तिक, काठमाडौँ । साताको अन्तिम कारोबार दिनकाे प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंकले घटेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से २.०५ अंकले घटेर २६९३.५५ विन्दुमा झरेको छ।
शुक्रबार प्रि ओपन सेसनमा ६९ लाख २८ हजार ३६२ रुपैयाँ ४० पैसाबराबरको १ लाख २० हजार ६४४ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : October 30, 2026 at 10:55 am










