आईपीओ निष्काशन गर्दै ग्रीनेदी इनर्जी
१३ कात्तिक, काठमाडौं । ग्रीनेदी इनर्जी लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) निष्काशन गर्ने प्रस्ताव सहितका प्रस्ताव पारित गर्नका लागि दोस्रो वार्षिक साधारणसभा बोलाएको हो ।
कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार साधारणसभा आगामी मंसिर ६ गते बिहान ११ बजे पोखरास्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बस्नेछ । सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव राखिएको छ । त्यस्तै आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।
सभाको विशेष प्रस्तावअन्तर्गत आईपीओ जारी गर्ने विषयमा छलफल गर्नेछ । आईपीओ निष्कासनका क्रममा नियामक निकायबाट कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नुपर्ने निर्देशन आएमा आवश्यक परिवर्तन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत राखिएको छ ।
प्रकाशित मिति : October 30, 2026 at 4:51 pm










