२६ भदौ २०८३, शुक्रबार | Fri Sep 11 2026

नेप्सेमा ४६ लाख ३० हजार कित्ता शेयर सूचीकृत

२३ जेठ, काठमाडाैँ । आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचीकृत भएको छ । कम्पनीको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनी गत फागुन २२ गते देखि चैत १३ गतेसम्म चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद निष्काशन गरेको थियो । उक्त हकप्रद शेयर, सोमबार नेप्सेमा सूचीकृत भएको हो । शेयरधनीको डिम्याट खातामा आएपछि उक्त हकप्रद शेयर, दोस्रोबजारमा किनबेच गर्न सकिनेछ ।

प्रकाशित मिति : June 6, 2022 at 3:26 pm