८ असार २०८३, सोमबार | Mon Jun 22 2026

निर्वाचन सकेको ५ दिन बितिसक्दा पनि २ जिल्लाको नतिजा आउन सकेन

४ जेठ, काठमाडाैैैं । स्थानीय तहके निर्वाचन सकिएके ५ दिन बितिसक्दा पनि दुई जिल्लाको  नतिजा आउन सकेको छैन ।

गत शुक्रबार स्थानीय तह निर्वाचन सकिएर अधिकांश पालिकामा शनिबारदेखि मतगणना सुरु भएकामा कपिलवस्तु र सुनसरी जिल्लाको हालसम्म नतिजा आउन नसकेको हो ।
कपिलवस्तुमा १० पालिका रहेको छ भने सुनसरीमा १२ पालिका रहेका छन् । जसमा दुई उपमहानगरपालिका समेत समावेश छ ।

हालसम्म देशभरका ४१० पालिकाको नतिजा आइसक्दा यी दुई जिल्लाका पालिकामा भने खाता खुल्न नसकेको हो ।

निर्वाचन आयोगले मत गणनाके काम जेठ ५ गतेभित्र सबै पालिकाको अन्तिम नतिजा सार्वजनिक गर्ने भनी योजना बनाएके तर गणनाके सुस्त चाल्ले अझ एक साता लम्बिने अनुमान छ ।

प्रकाशित मिति : May 18, 2022 at 12:21 pm