यी हुन् कात्तिकको पहिलो १५ दिनमा उपहार जित्ने १६ विजेता
१६ कात्तिक, काठमाडौं । सरकारले कात्तिक महिनाको पहिलो १५ दिनमा करदाता प्रोत्साहन उपहार जित्ने विजेताको कुप्पन सार्वजनिक गरेको छ । आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा क्रिकेटरहरूले चिट्ठामार्फत विजेता घोषणा गरेका हुन् । यसअन्तर्गत ४१५ रुपैयाँको सामान किनेका धनुषाका एक युवकले १० लाख रुपैयाँको उपहार जितेका छन् । धनुषाको नगराइन नगरपालिका वडा नम्बर ९ घोरघास घर भई हाल ललितपुरमा बस्दै आएका गौरीशंकर पण्डितले करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत १० लाख रुपैयाँको उपहार जितेका हुन् ।

यसबाहेक हरेक दिन १ जनालाई एक लाख रुपैयाँ प्रोत्साहन उपहार अन्तर्गत १५ उपभोक्ताले १/१ लाख रुपैयाँ बराबरको उपहार जित्न सफल भए ।
यी हुन कात्तिकको पहिलो १५ दिनमा उपहार जितेका विजेता

प्रकाशित मिति : November 2, 2026 at 12:34 pm










